|

चितवन : नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनको बन्द सत्रपछि एमालेका नेता, कार्यकर्ता, महाधिवेशन प्रतिनिधिहरू रात्रि भोजमा सरिक भएका छन्।

महाधिवेशन प्रतिनिधि र कार्यकर्ताहरूका लागि कार्यक्रमस्थल नजिकै खानाको व्यवस्था गरिएको छ भने केन्द्रीय नेता, स्थायी कमिटी सदस्य र सुरक्षा प्रमुखहरूका लागि भोजनको विशेष व्यवस्था गरिएको छ।

भोजनमा माछा, मासु र अन्य विभिन्न परिकारहरू छन्। कार्यक्रमपश्चात पार्टी अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष भीम रावल लगायतका नेता रात्रि भोजमा सामेल भएनन्।

एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, रघुजी पन्त लगायतका नेताहरूले रात्रि भोजमा भोजन गरेका छन्।

एमाले महाधिवेशन प्रतिनिधिहरूका लागि भोजनपछि सांस्कृतिक कार्यक्रम पनि आयोजना गरिएको छ।

रात्रिभोज तस्वीरमा :

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.