|

स्पेनिस लालिगामा बार्सिलोना शनिबार आफ्नो १४औं खेलमा भिल्लारियललाई ३-१ को सहज जित निकालेको छ। पछिल्लो समय लयमा फर्कन संघर्षरत बार्सिलोना जाभीको आगमनसँगै केही सम्हालिएको छ। जितपछि बार्सिलोना सातौं स्थानमा उक्लियो।

पहिलो हाफमा गोलरहित बराबरी भएको खेलमा सबै चार गोल दोस्रो हाफमा सम्भव भयो। फ्रेन्कि डे जोङले ४८औं मिनेटमा बार्सिलोनालाई अग्रता दिलाए। तर‚ ७६औं मिनेटमा भिल्लारियल खेलमा फर्कियो। उसका लागि चुकयुजीले गोल गर्दै खेल १-१ को बराबरीमा ल्याए। यद्यपि‚ बार्सिल्ना खेल सकिन दुई मिनेट बाँकी हुँदा पुन अग्रता बनाउन सफल भयो।

डच खेलाडी मेम्फी डिपेले ८८औं मिनेटमा टिमलाई अग्रता दिलाए। बार्सिलोनाका लागि तेस्रो गोल भने अतिरिक्त समयमा फिलिप कोउटिन्होले पेनाल्टीमार्फत सम्भव बनाएका थिए।

बार्सिलोनालाई जाभीले सम्हाले यता केही सम्हालिएको छ। अब अन्तिम चारमा पुग्न तीन अंक पछि छ भने शीर्ष स्थानभन्दा सात अंकले बार्सिलोना पछि रहेको छ। जितपछि सातौं स्थानमा उक्लिएको बार्सिलोनाले १४ खेलबाट २३ अंक बनाएको छ। लिगको शीर्ष स्थानमा रहेको रियल म्याड्रिडको ३० अंक रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.