|
अध्यक्षमण्डलको बैठक। तस्वीर : शिला तिम्सिना

चितवन : नेकपा एमालेको चितवनमा जारी महाधिवेशनमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले अध्यक्षमण्डलको बैठकमा वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल, उपाध्यक्षहरुमा भीम रावल, सुवास नेम्वाङ, रामबहादुर थापा बादल, सुरेन्द्र पाण्डे र अष्टलक्ष्मी शाक्यको नाम प्रस्ताव गर्न लागिएको बुझिएको छ।

यसैगरी महासचिवमा शङ्कर पोखरेलको नाम प्रस्ताव गर्न लागेको र महासचिवको अर्को दावेदार विष्णु पौडेललाई पनि उपाध्यक्षमा प्रस्ताव गर्न लागेको बताइएको छ।

पदाधिकारी र केन्द्रीय समितिको अन्तिम नामावली तयार पार्न छलफलमा जुटेका अध्यक्ष ओली बन्द सत्रस्थलमा गएपछि बैठक शुरु भएको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.