एक दिन लम्बियो प्रमुख प्रतिपक्षी दलको महाधिवेशन

|

चितवन : चितवनको सौराहामा जारी नेकपा एमालेको महाधिवेशनमा नयाँ नेतृत्व छनोटका लागि निर्वाचनको तालिका प्रकाशन गरिएको छ।

प्रकाशित कार्यतालिकाअनुसार एमालेको महाधिवेशन एक दिन लम्बिएको छ।

केन्द्रीय निर्वाचन आयोगले पार्टीको निर्वाचनसम्बन्धी तालिका आइतबार राति करिब साढे ११ बजे प्रकाशन गरेको हो।

आज (आइतबार) बिहानै शुरु हुने भनिएको बन्दसत्र करिब १२ घन्टा ढिलो शुरु भएको थियो।

अध्यक्ष केपी शर्मा ओलीले आज दिनभरि नै सर्वसम्मत नेतृत्व चयनको प्रयास गरेका थिए। 

तर पनि सहमति हुन नसकेपछि राति अबेर निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ।

प्रकाशित सूचनामा महाधिवेशनबाट निर्वाचित हुने पार्टी केन्द्रीय कमिटी, केन्द्रीय अनुशासन आयोग र केन्द्रीय लेखा आयोगका पदाधिकारी र सदस्यको चुनावका लागि पार्टी विधानअन्तर्गत रहेर केन्द्रीय निर्वाचन आयोगको निर्णयअनुसार  निर्वाचन तालिका प्रकाशन गरेको उल्लेख छ।

प्रकाशित चुनाव कार्यतालिकाअनुसार राति ११ बजे केन्द्रीय निर्वाचन समितिले मतदाता नामावली प्रकाशित गरेको छ। 

राति सवा ११ बजेसम्म नामावलीमा दावी विरोध गर्न पाइनेछ। 

यसैगरी राति साढे ११ बजे मतदाताको अन्तिम नामावली प्रकाशन हुनेछ।

राति साढे ११ देखि साढे १२ बजेसम्म उम्मेदवारको दरखास्त फारम वितरण हुनेछ।

राति साढे १२ बजेसम्म उम्मेदवारको दरखास्त फारम दर्ता गर्ने र १ बजे उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन गरिनेछ।

उम्मेदवारले राति साढे १ बजेदेखि २ बजेसम्म नाम फिर्ता लिन पाउनेछन्का। 

उम्मेदवारको अन्तिम नामावली राति २ बजेर १० मिनेटमा प्रकाशन गरिनेछ।

मतदान भने सोमबार बिहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म हुनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.