|

चितवन : चितवनको सौराहामा जारी नेकपा एमालेको महाधिवेशनमा नयाँ नेतृत्व छनोटका लागि प्रकाशित कार्यतालिका भोलि बिहान ९ बजेसम्मका लागि स्थगन गरिएको बुझिएको छ।

केन्द्रीय निर्वाचन आयोगले पार्टीको निर्वाचनसम्बन्धी तालिका आइतबार राति करिब साढे ११ बजे प्रकाशन गरेको थियो।

जसअनुसार राति नै उम्मेदवारीदेखि नाम फिर्ता लिने र मतदाताको तथा उम्मेदवारको अन्तिम सूची प्रकाशन तथा दावी विरोध सबै काम हुनुपर्ने थियो।

र मतदान मात्र बिहान हुने तय भएको थियो।

तर, केहीबेरअघि संशोधन गरिएको निर्वाचन प्रक्रियाअनुसार सोमबार बिहान ९ बजेसम्म फाराम बाँड्ने, ९ बजेपछि दर्ता गर्ने लगायतका प्रक्रिया गरिने बताइएको छ।

यसबीच मनोनयन फारम लिनेको भीड लागेको छ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.