|

चितवन : चितवनमा जारी एमालेको महाधिवेशनमा उपाध्यक्ष भीम रावलले उम्मेदवारीका लागि फारम भरेका छन्।

उनले मनोनयन पत्र भर्दै भने, 'आज दिनभरि पार्टीको ठूलो समय खेर गयो।'

उनले आफू अध्यक्षका लागि मनोनयन भरेर बुझाउन तयार रहेको बताए।

ध्वनी मत या अन्य मतबाट चयन आफूलाई स्विकार्य नभएको उनको भनाइ छ।

उनले गोप्य र निष्पक्ष मतदान प्रक्रियाबाट नै नेतृत्व चयन हुनुपर्ने बताए।

साथै उनले सहमतिको लागि कुनै छलफल नभएको पनि बताए।

उनले आफू अध्यक्षबाहेक अरु पदमा उम्मेदवारी नदिने र कुनै पनि अन्य पदका लागि अध्यक्षको उम्मेदवारी नछाडने अडान व्यक्त गरे।


 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.