|

चितवन : एमाले अध्यक्ष केपी शर्मा ओलीले बन्दसत्रमा पार्टीका आयोगमा उनले चयन गरेकाको नामावली पेश गरेका छन्। 

ओलीले पदाधिकारीको पनि नाम  पनि बन्दसत्रमा पेश गरिरहेका छन्।

उनले अनुशासन आयोगका नामावली पेश गर्दै केशव बडाललाई आयोगको अध्यक्षमा र उपाध्यक्षमा नेत्र पन्थीलाई प्रस्ताव गरेका छन्।

बडाल अध्यक्षताको २५ सदस्यीय आयोगमा ११ जना महिला राखिएको छ।

पारित गर्न ओलीले गरेको प्रस्तावमा हलले ताली बजाएर पारित गरेको छ।

२५ सदस्यीय केन्द्रीय लेखा आयोगमा ९ महिलासहितको प्रस्ताव पनि हलले पारित गरेको छ।

यसैगरी सल्लाहकार समिति निर्माण हुने, ​समितिको मर्यादा केन्द्रीय कमिटीसरह हुने पनि ओलीले हलमा बताएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.