|

कालीकोट : नरहरीनाथ गाउँपालिका–१ कोटवाडामा मिनी ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। कर्णाली करिडोरको लालीघाट बजारबाट सुनथराली विमानस्थलतर्फ जादैँ गरेको बा ५ ख ४६४३ नं को मिनी ट्रक कोटवाडामा दुर्घटना भएको हो।

दुर्घटनामा परी मिनी ट्रकमा सवार नरहरीनाथ–१ कोटबाडाका ५८ वर्षीय जयबहादुर विष्टको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। ट्रकमा चार जना सवार रहेका र ट्रक मालिक नेत्रबहादुर विष्ट घाइते भएको प्रहरीले जनाएको छ। घाइते विष्टको थप उपचारका लागि जिल्ला अस्पताल कालीकोट ल्याइँदै गरेको प्रहरीले जनाएको छ।

निर्माणधीन सुनथराली विमानस्थलका लागि निर्माण सामग्री बोकेको मिनि ट्रक दुर्घटना भएको स्थानीय जमानसिंह विष्टले बताए। मिनी ट्रकका चालक र सहचालक सकुसल रहेको प्रहरीले जानकारी दिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.