राति २ बजेदेखि भोलि बिहान ८ बजेसम्म मतदानको तालिका

|

चितवन : नेकपा (एमाले)को चितवनमा जारी महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि हुने भनिएको मतदान फेरि सारिएको छ। 

सर्वसम्मत नेतृत्व चयनका लागि भन्दै मतदानको समय फेरि सारिएको हो। केन्द्रीय निर्वाचन समितिले आज बेलुकी ९ बजेदेखि सुरु गर्ने भनिएको मतदान दुई घण्टा पछि सारेर ११ बजेदेखि थाल्ने बताएको थियो। 

अब राति २ बजेदेखि मतदान सुरु गर्ने गरी केन्द्रीय निर्वाचन आयोगले संशोधित कार्यतालिका सार्वजनिक गरेको छ। जसमा भोली मंगलबार विहान ८ बजेसम्म मतदान चल्ने उल्लेख गरिएको छ। 

निर्वाचन आयोगले उम्मेदवारको अन्तिम नामावली पनि सार्वजनिक गरिसकेको छ। 


 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.