|

चितवन : नेकपा (एमाले) को उपाध्यक्ष पदमा घनश्याम भुसाल पराजित भएका छन्। 

केन्द्रीय निर्वाचन आयोग स्रोतका अनुसार ६ जना उपाध्यक्ष चाहिनेमा भुसाल सातौं नम्बरमा परेका हुन्। उनले ७ सय २५ मत प्राप्त गरेका छन्। 

केपी शर्मा ओलीले सर्वसम्मतिका लागि पेस गरेको सूचीमा असहमति जनाउँदै भुसालले उपाध्यक्षमा उम्मेदवारी दिएका थिए।

अष्टलक्ष्मी शाक्यले सबैभन्दा धेरै १९ सय ७६ मत प्राप्त गरी विजयी भएकी छिन्। सुरेन्द्र पाण्डे १९ सय २५, सुवास नेम्वाङ १८६५, विष्णु पौडेल १८ सय ५६, युवराज ज्ञवाली १८ सय ४२ र रामबहादुर थापा बादल १७ सय ६८ मत प्राप्त गरी उपाध्यक्षमा निर्वाचित भएका छन्। 

केन्द्रीय निर्वाचन आयोगले यसको औपचारिक घोषणा गर्न बाँकी छ। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.