|

इलाम : इलामको माङ्सेबुङमा जारी १४ औं संस्करणको आत्मानन्द कपको सेमीफाइनल समीकरण पूरा भएको छ। मंगलबार भएको अन्तिम क्वाटरफाइनल खेलमा मोरङ सिरिजंगा स्पोर्टिङ क्लब बिजयी भएसँगै सेमीफाइनल भिड्ने टिम पक्का भएको हो।

सिरिजंगाले गत संस्करणको विजेता पाहुना टोली भारत दार्जिलिङको मानेभञ्ज्याङ फुटबल क्लबविरुद्ध ४–१ गोल अन्तरको सानदार जित निकाल्न सफल रह्यो। सिरिजंगाको जितमा सनम भुजेलले ह्याट्रिक गरेका थिए। यस्तै‚ सन्तोष न्यौपानेले एक गोल गरे।

मानेभञ्ज्याङका तर्फबाट निश्चल राईले सान्तवाना गोल फर्काए। सिरिजंगाले अब बिहीबार हुने अन्तिम सेमीफाइनलमा बिबिएफसी क्लब झापा दमकसँगको भेट निश्चित गरेको छ। पहिलो सेमीफाइनलमा आज (बुधबार) माङसेबुङ गाउँपालिका खेलकुद समिति र फिदिम स्पोर्टिङ क्लब पाँचथरबीच प्रतिष्पर्धा हुनेछ।

प्रतियोगितामा पूर्वका इलाम, पाँचथर, झापा, मोरङ, सुनसरी र भारतको दार्जिलिङ गरी ८ टिमको सहभागिता रहेको थियो। प्रतियोगिताको फाइनल शुक्रबार हुनेछ।

विजेता टिमले ३ लाख १६८ रुपैयाँ र उपविजेता टिमले २ लाख १६८ रुपैयाँसहित ट्रफी र प्रमाणपत्र पाउनेछन्। व्यक्तिगत विधामा समेत पुरस्कार राखिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.