|

काठमाडौं : आजदेखि मौसम थप बदली भई विभिन्न स्थानमा वर्षा र हिमपातको संभावना छ।

पश्चिमी वायुसँगै आएको पश्चिमी न्यूनचापीय प्रणाली र अरब सागरमा बनेको न्यूनचापीय क्षेत्रको असरका कारण आज बेलुकादेखि मौसम बदली भई वर्षा हुने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनीका विभिन्न स्थानमा वर्षा र हिमपात हुने मौसमविद् सजिना शाक्यले जानकारी दिइन्।

उनका अनुसार सुदूरपश्चिमका केहि स्थानमा भारी हिमपातको समेत संभावना छ। वर्षा र हिमपात सँगै भोलिदेखि तापक्रम घटेर चिसो बढ्न सक्ने सम्भावना रहेको छ। पर्सी शुक्रबारबाट क्रमश यो प्रणाली सुदूरपश्चिम प्रदेशका क्षेत्रबाट मौसम बिस्तारै सुधार हुँदै जानेछ। 

यस मौसमी प्रणाली कारण पर्वतारोहण, हवाई-यातायत लगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकोले आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले आग्रह गरेको छ। काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम आज बिहान ६ दशमलव ८ डिग्री सेल्सियस मापन भएको छ।  दिउँसो तापक्रम बढेर २१ डिग्री सेल्सीयसम्म पुग्ने महाशाखाले जनाएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.