|

पर्वत : नेपाली कांग्रेस गण्डकी प्रदेश समितिको उपसभापति पदमा गण्डकी प्रदेशका मन्त्री मेखलाल श्रेष्ठले उम्मेदवारी दिने भएका छन्।

शिक्षा, संस्कृति, विज्ञान, प्रविधि तथा सामाजिक विकासमन्त्री रहेका श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमा आफ्नो उम्मेदवारीको बारेमा प्रचार गर्दै आफूलाई उपसभापतिमा जिताउन अपिल गरेका छन्।

आफू लामो समयदेखि कांग्रेसको संगठन निर्माणको लागि सक्रिय रहँदै आएकोले प्रदेशको उपसभापतिमा उम्मेदवार रहने घोषणा गरेको मन्त्री श्रेष्ठले बताए।

‘लामो समयदेखि कांग्रेसको सक्रिय राजनीतिमा रहँदै आएको छु। मेरा लागि उपसभापति पद नै उत्तम लाग्यो,’ उनले भने, ‘कांग्रेसभित्र रहेको गुट उपगुटको अन्त्य गर्नका लागि मेरो प्रयास पार्टीमा रहनेछ। मैले जितेमा मैले गर्ने प्रयास भनेको पनि त्यही नै हो।’

पहिले प्रदेश महामन्त्रीमा लड्ने तयारी गरेको भए पनि पछि भने उनी सभापतिमा लड्ने निर्णयमा पुगेका हुन्।

२०४२ सालमा भएको जनमत सङ्ग्रहबाट राजनीतिमा आएका श्रेष्ठ २०४६ सालमा वालिङ क्याम्पसमा नेविसंघको सभापति भएका थिए। राजकाज मुद्दामा जेल जीवनसमेत बिताएका उनी २०४७ मा नेविसंघको जिल्ला उपसभापति भएका थिए।

तरुण दलको केन्द्रीय सदस्य तथा केन्द्रीय सचिवालय सदस्यसमेत भएका उनी स्याङ्जाबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.