|

विराटनगर  : उम्मेदवार छनोटको विषय पेचिलो बनेपछि नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत प्रदेश १ को उद्घाटन समारोह स्थगित भएको छ।

नेतृृत्व चयनका लागि नेताहरूले उम्मेदवार तय गर्न सकस भएपछि बिहीबार दिउँसो २ बजे हुने भनिएको उद्घाटन सत्र शुक्रबार बिहानसम्मका लागि स्थगन भएको हो।

उद्घाटन सत्रमा सहभागी हुन प्रतिनिधिहरू कार्यक्रमस्थलमा उपस्थित भएको करिब साढे २ घण्टापछि कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले उद्घाटन स्थगित भएको जानकारी दिए।

उम्मेदवार छनोटका लागि संस्थापन पक्ष र संस्थापनइतर दुवै पक्ष छुट्टाछुट्टै स्थानमा बैठक बसिरहेको र नेताहरू छलफलमा व्यस्त भएकाले  उद्घाटन एक दिन सारेपछि प्रतिनिधिहरू फर्किएका छन्।

कांग्रेसको संस्थापनइतर पक्षले गुरूराज घिमिरेलाई सभापतिको उम्मेदवार बनाएको छ। सभापतिका दाबेदार राजीव कोइराला र घिमिरे थिए।

तर, बिहीबार संस्थापन इतर पक्षले कोइरालालाई ब्याक गर्दै घिमिरेलाई अघि सारेको छ।

घिमिरेको प्रतिस्पर्धा संस्थापन पक्षका उम्मेदवार उद्धव थापासँग हुनेछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.