|

हेटौंडा : कांग्रेस बागमती प्रदेश सभापतिमा तीन जनाले मनोनयन दर्ता गराएका छन् । कांग्रेसको १४ महाधिवेशनअन्तर्गत भइरहेको पहिलो प्रदेश अधिवेशनमा प्रदेश सभापतिको लागि ३ जनाको उम्मेदवारी परेको हो।

रामचन्द्र पौडेल पक्षका उम्मेदवार जगदीश्वर नरसिंह केसी, कृष्ण सिटौला पक्षको नेता भीमसेनदास प्रधान र पार्टी सभापति शेरबहादुर देउवा पक्षको इन्द्रबहादुर बानियाँले प्रदेश सभापतिमा मनोनयन दर्ता गराएको प्रदेश निर्वाचन समिति सदस्य ज्ञानेन्द्रप्रसाद अधिकारीले जानकारी दिए।

उनले मनोनयन दर्ता गर्ने अन्तिम समय २ बजेसम्ममा प्रदेश सभापतिको लागि ३ जनाले उम्मेदवारी दिएको बताए।

कांग्रेस वरिष्ठ नेता पौडेल, प्रकाशमान सिंह, गगन थापालगायतको समर्थन पाएका सिंहले प्रदेश सभापतिमा उम्मेदवारी दिएका हुन्। उनको प्यानलबाट उपसभापतिहरूमा मोहनबहादुर बस्नेत र राजेन्द्र बुर्लाकोटी रहेका छन्।

त्यस्तैगरी, महामन्त्रीमा रामचन्द्र अर्याल माइकल र कन्चन वादे श्रेष्ठ रहेका छन्। सहमहामन्त्रीमा जीवन डङ्गोल, ऋषिराम घिमिरे र दिलबहादुर तामाङले उम्मेदवारी दिएका छन्।

त्यस्तै, बानियाँको प्यानलबाट उपसभापतिहरूमा मदनकृष्ण श्रेष्ठ र धर्मराज गौतम रहेका छन् भने महामन्त्रीहरूमा तिलक रुवाली र राजु श्रेष्ठले उम्मेदवारी दिएका छन्।

सहमहामन्त्रीमा हरिशरण श्रेष्ठ, महेन्द्र थिङ र निरु खड्काले उम्मेदवारी दर्ता गराएका छन्। सभापतिको अर्को उम्मेदवार प्रधानको भने प्यानलको बारेमा हालसम्म जानकारी आएको छैन।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.