|

काठमाडौं : अहिले बिहान मौसम बदली भई बिभिन्न स्थानमा हुस्सु लागेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

काठमाडौं उपत्यकासहित वागमती, गण्डकी, सुदूरपश्चिम र कर्णाली प्रदेशमा हुस्सु लागेको मौसमविद् शान्ति कँडेलले जानकारी दिइन्।  यी प्रदेशका केहि स्थानमा दिउँसोपख हल्का वर्षा र हिमपात हुने उनले बताए। पश्चिमी न्यून चापीय प्रणाली र अरब सागरमा बनेको मौसमी न्युन चापीय क्षेत्रको असरका कारण हिजो बेलुका काठमाडौं उपत्यकासहित बागमती, गण्डकी, लुम्बिनी , कर्णाली र सुदूरपश्चिमका विभिन्न स्थानमा हल्का वर्षा भएको थियो। 

यी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात समेत भएको छ। उपत्यकामा आज पनि पानी पर्ने महाशाखाले जनाएको छ । केहि हिमाली भेगमा हिमपात पनि हुने संभावना छ। 

पश्चिमी न्यून चापीय प्रणाली र अरब सागरमा बनेको मौसमी न्युन चापीय क्षेत्रको असर गएराति देखि बाहिरिँदै गएकोले हिजोको तुलनामा आज मौसम सफा हुने मौसमविद् कँडेलले बताइन्।

​भोलिदेखि बंगालको खाडीमा बनेको चक्रवातको आंशिक असर पर्ने भएकाले फेरि वर्षा र हिमपातको संभावना रहेको महाशाखाले जनाएको छ। उक्त मौसमी प्रणालीका कारण पर्वतारोहण, हवाई÷यातायत लगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकोले चिसोबाट बच्न र हिमपातबाट हुन सक्ने प्रभाववाट जोगिन महाशाखाले आग्रह गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.