|

विराटनगर : नेकपा माओवादी केन्द्र विराटनगर महानगर कमिटीको अध्यक्षमा नवीन पौडेल निर्विरोध निर्वाचित भएका छन्।

विराटनगरमा भएको प्रथम अधिवेशनबाट पौडेल निर्विरोध निर्वाचित भएका हुन्। नगर कमिटीको उपाध्यक्षमा दिनेश राजवंशी, सावित्रा गौतम र डम्मरु भट्टराई निर्विरोध निर्वाचित भएका छन्। 

नगर कमिटीको सचिवमा नमिता न्यौपाने  निर्विरोध भएकी हुन्। उनी यसअघि पनि सचिव नै थिइन्। सहसचिवमा केमुना ओडारी मैनाली (शारदा) र कोषाध्यक्षमा महम्मद परबेज आजाम निर्विरोध निर्वाचित भएका छन्।

नगर कमिटी सहइन्चार्ज हेम कार्कीका अनुसार पहिलो अधिवेशनबाट ९९ सय सदस्यीय नगर कमिटी बनेको छ। नगर अध्यक्षका दाबेदार भोगेन्द्र मण्डल प्रदेश कमिटीमा जाने भएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.