|

विराटनगर : नेपाली कांग्रेसका केन्द्रीय सदस्य महेश आचार्यले आसन्न महाधिवेशनमा उपसभापतिमा उम्मेदवारी दिने भएका छन्।

शनिबार विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले यस्तो बताएका हुन्।

उनले वर्तमान राष्ट्रिय मुद्दालाई बहसमा ल्याउनका लागि उपसभापतिमा उम्मेदवारी दिने तयारी गरेको बताए।

राष्ट्रका प्रमुख मुद्दालाई उठाएर त्यसको निदान खोज्ने उद्देश्यसहित उम्मेदवारी दिने बताउँदै उनले नीति र विचार कार्यक्रम आधिकारिक रूपमा प्रस्तुत गर्न नसकेको बताए।

उनले भने, ‘महाधिवेशनले नीति कार्यक्रम, नेतृत्वको चयन गर्छ, यो ठाउँ (महाधिवेशन) मा नीति र विचारमा आधारित नेतृत्व चयन गर्ने मौका गुमाएका छौँ।’

उनले आफू सभापतिको उपसभापति बन्न जाने नभएर विधानले व्यवस्था गरेको नीति अनुसन्धान प्रशिक्षणको प्रमुख बनेर राष्ट्रिय एजेन्डा उठाउन चाहेको बताए।

‘पार्टीभित्र बहसको प्रारम्भ गराउँदा कसैले यो बहसलाई उपेक्षा गर्न सक्दैन’, उनले भने, ‘म निर्वाचित भए भावी सभापतिसामु राष्ट्रिय एजेन्डाका विषय उठाउन सक्छु। ’
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.