मतगणना थालियो,  बिहानसम्ममा परिणाम आउने

|

कास्की : नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेश कार्यसमितिका लागि शनिबार भएको निर्वाचनमा ११ सय ४६ मत खसेको छ ।

प्रदेश अधिवेशनका लागि कूल एक हजार १६५ मतदाता रहेकामा एक हजार १४६ मत खसेको र १९ जना अनुपस्थित भएको निर्वाचन समितिका सदस्य विष्णुकुशल भुजेलले जानकारी दिए।

निर्वाचनमा सभापतिमा शुक्रराज शर्मा र अर्जुनप्रसाद जोशीबीच प्रतिस्पर्धा छ।

त्यस्तै, कार्यसमितिको उपसभापति दुई पदका लागि मेखलाल श्रेष्ठ, नेत्रबहादुर महत, हरिप्रसाद श्रेष्ठ र कल्पना तिवारीले प्रतिस्पर्धा गरेका छन्। महामन्त्री दुई पदका लागि कुमार खड्का, ईश्वर पाण्डे, किरणबाबु श्रेष्ठ र विष्णुप्रसाद लामिछाने, सहमहामन्त्री एक जना महिलामा ओमकला गौतम र कोपिला रानाभाट चुनावी प्रतिस्पर्धामा छन्।

निर्वाचनको मतगणना पोखरास्थित उद्योग वाणिज्य सङ्घको हलमा सुरु भएको र आइतबार बिहानसम्म सबै पदको नतिजा आउने भुजेलले जानकारी दिए। रासस

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.