|

काठमाडौं : टेकुस्थित शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले इमरजेन्सी सेवा नि:शुल्क उपलव्ध गराउन थालेको छ। चौविसै घण्टा इमरजेन्सी सेवा नि:शुल्क गरेको अस्पतालका इमर्जेन्सी इन्चार्ज लीलानाथ भण्डारीले बताए।

नि:शुल्क इमजेन्सी सेवामा अत्यावश्यक औषधि र अत्यावश्यक प्रयोगशाला परीक्षण समेत समेटिएको छ। सरकारले २०७७ सालमा १५ वटा संघीय अस्पतालबाट गरिब तथा असाहयलाई आकस्मिक सेवा नि:शुल्क दिने घोषणा गरेको थियो। त्यसको कार्यविधि बनेर घोषणा समेत भइसकेको छ।

यस्तै हाल टेकु अस्पतालमा सर्वसाधारणका लागि हरेक दिन विहान ८ देखि अपरान्ह ४ बजेसम्म कोभिडविरुद्धको भेरोसेल र एस्ट्राजेनिका खोप दिने व्यवस्था मिलाइएको छ।

 

 

 

 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.