|

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले केन्द्रीय कमिटीको बैठक बोलाएको छ।

बैठक भक्तपुरको गट्ठाघरस्थित जर्मन हाउस हस्पिटालिटीमा शनिबार र आइतबार गरी २ दिन बस्ने जानकारी एमालेले दिएको छ।

एमालेको पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले एक विज्ञप्ति जारी गर्दै बैठकमा १५ एजेण्डामाथि छलफल हुने जानकारी दिएका छन्।

बैठकमा बाँकी केन्द्रीय सदस्यको शपथग्रहण, महाधिवेशनको सामान्य समीक्षा, केन्द्रीय कमिटीमा सदस्यहरूको मनोनयन र पोलिटव्युरो गठन गरिने पनि उल्लेख गरिएको छ।

यसैगरी दुई दिनको केन्द्रीय समितिको बैठकले स्थायी कमिटीको गठन, केन्द्रीय सल्लाहकार परिषद् गठन र कार्य विभाजन गर्ने पनि विज्ञप्तिमा उल्लेख छ।

साथै बैठकमा प्रदेशमा रिक्त पदाधिकारीको मनोनयन गरिने, जिल्ला र प्रदेश अधिवेशनको मिति निर्धारण गरिने, विधान सम्पादन र नियमावली संशोधन गरिने, बैठक सञ्चालन कार्यविधि, केन्द्रीय कार्यालय व्यवस्थापनबारे पनि छलफल गरिने बताइएको छ।

यसैगरी बैठकमा महाधिवेशनको सन्देश तथा पार्टी प्रवेश अभियान, वरीयताक्रम निर्धारण र जनसंगठनको सुदृढीकरण अभियानबारे पनि छलफल गरिनेछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.