|

काठमाठौं : नेपाली कांग्रेस वर्तामान कार्यसमितिको अन्तिम बैठक बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको छ।

पौने दुई बजे सुरु भएको बैठकमा नेता रामचन्द्र पौडेल र प्रकाशमान सिंह अनुपस्थित रहेका छन्। बैठकमा नेता पौडेल र सिंह सहभागी नभएको केन्द्रीय सदस्य मीन विश्वकर्माले जानकारी दिए।

पौडेलले यसअघि नै बैठकमा सहभागी नहुने जानकारी गराएको बुझिएको छ। पौडेल र सिंह दुबै जना सभापतिका आकांक्षी छन्। संस्थापन इतर समूहबाट सभापतिका लागि साझा उम्मेदवार छान्न छलफल चलिरहे पनि उम्मेदवारको टुंगो लागिसकेको छैन।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरू तथा आमन्त्रित केन्द्रीय सदस्यहरु पनि सहभागी छन्। आजको बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले लेखा प्रतिवेदन पेश गर्ने तयारी रहेको बुझिएको छ।

भोलिबाट सुरु हुने महाधिवेशनले नयाँ कार्यसमिति चयन गर्ने भएकाले वर्तमान केन्द्रीय कार्यसमितिको यो अन्तिम बैठक हो। अन्तिम बैठकमा तीन सहमहामन्त्रीसहित केन्द्रीय सदस्यको संख्या थप गर्ने प्रस्ताव आउन लागेको एक केन्द्रीय सदस्यले जानकारी दिए।

हाल १६७ सदस्यीय केन्द्रीय कार्य समिति रहेकोमा अब ५८ सदस्य थपेर २२५ सदस्यीय बनाउने तयारी भइरहेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.