|
नेपाली कांग्रेसको १४औं महाधिवेशन स्थल काठमाडौंको भृकुटीमण्डपको प्रवेशद्वार। तस्वीर : शिला तिम्सिना

काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ।

नेपाली कांग्रेस काठमाडौंका जिल्ला सचिव तथा १४औंँ महाधिवेशन प्रचारप्रसार मञ्च व्यवस्थापन समिति संयोजक गोविन्द पुडासैनीले बिहीबार महाधिवेशन आयोजनाको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए।

उनले महाधिवेशन आयोजनाको तयारी ९० प्रतिशत सकिएको र बाँकी आज राति १० बजेसम्म सकिने बताए।

संयोजक पुडासैनीले प्रदेशको अधिवेशन सकिएपछि केन्द्रीय अधिवेशनतर्फ लाग्नुपरेकाले तयारीमा केही ढिलाइ भएको बताए।

उनले मञ्च तीन चरणमा बनाइएको र पहिलो, दोस्रो र तेस्रो चरणमा क्रमशः कलाकार, विभिन्न पार्टीका शीर्ष नेता र पार्टीका केन्द्रीय सदस्य रहने व्यवस्था गरिएको बताए।

उनले भने, ‘मञ्च ३ स्टेपमा छ, पहिलोमा सांस्कृतिक कार्यक्रम हुन्छ। ४० जना कलाकारले एकैसाथ प्रस्तुत गर्ने व्यवस्था छ। पार्टीका शीर्ष नेताहरू, अन्य पार्टीका शीर्ष नेताहरू, विदेशी पाहुनालाई दोस्रो रोमा राख्नेछौँ। तेस्रोमा पार्टीका केन्द्रीय सदस्यलगायत अन्य अतिथिलाई राख्नेछौँ।'

उनले सर्वसाधारणलाई मर्का नपरोस् भनेर प्रदर्शनी मार्गलाई मात्र व्यवस्थित तरिकाले नियन्त्रण गरिने बताए। 

करिब साढे ३ लाखदेखि ४ लाख मानिस महाधिवेशनमा सहभागी हुने अनुमान गरिएको उनले बताए।

संयोजक पुडासैनीले प्रदर्शनी मार्गमा मात्र महाधिवेशन हुने भएकाले अन्य सडकमा सर्वसाधारणहरुलाई ट्राफिक जाम भएर समस्या नपर्ने दाबी गरे।

कांग्रेसको १४ औँ राष्ट्रिय महाधिवेशन मंसिर २४ गते शुक्रबारदेखि २७ गतेसम्म हुँदैछ।

महाधिवेशन तयारी तस्वीरमाः

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.