|

काठमाडौं :​ इंग्लिस क्लब लेस्टर सिटी युरोपा लिगको  समूह चरणबाटै बाहिरिएको छ।  बिहिबार जित्नै पर्ने खेलमा लेस्टर इटालियन क्लब नापोलीसँग ३-२ ले पराजित हुँदै प्रतियोगिताको समूह चरणबाटै बाहिरियो। नापोली भने समूह 'सी'  बाट उप विजेताको रुपमा नकआउटमा प्रवेश गर्न सफल भयो।

यो समूहबाट रसियन क्लब स्पारटाक मस्को विजेता बन्दै अघिल्लो चरणमा स्थान बनाइसकेको छ। स्पारटाक र नापोलीको समान १० अंक नै रहेपनि स्पारटाक हेड टु हेडमा अघि रह्यो।

लेस्टर सिटीविरुद्ध नापोलीको घरेलु मैदानमा भएको खेलमा चौथो मिनेटमा नै एडाम ओउनासले टोलीलाई अग्रता दिलाएका थिए। घरेलु मैदानमा प्रभावशाली प्रदर्शन गर्ने क्रममा २४औं मिनेटमानै नापोलिले इल्जिफ इल्मासको गोलबाट अग्रता दोब्बर बनायो।

तर पहिलो हाफमानै खेलमा पर्कने क्रममा २७औं मिनेटमा जोनी इभान्सले लेस्टरलाई २-१ को अवस्थामा ल्याए। पहिलो हाफमा नै बराबरी गर्ने क्रममा ३३ औं मिनेटमा काइरनान डिउसवुरी हलले गोल गर्दै खेललाई २-२ गोलको बराबरीमा ल्याए ।

तर लेस्टर दोस्रो हाफमा पुन पछि पर्‍यो। ५३औं मिनेटमा इल्जिफ इल्मासले ब्यक्तिगत दोस्रो तथा टीमका लागि तेस्रो गोल गरेपछि लेस्टर खेलमा फर्कन सकेन। त्यसपछि खेलमा थप गोल हुन नसक्दा नापोलीले खेल ३-२ ले आफ्नो पक्षमा पार्न सफल भयो। लेस्टर ८ अंक जोडेर समुहको तेस्रो स्थानमा रहँदै प्रतियोगिताबाट बाहिरियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.