|

संखुवासभा : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले सरकारले तीन बुँदे सहमति प्रति उदासिन भएको बताए। 

बिहीबार बन्दी कार्यकर्ता भेटघाट गर्ने संखुवासभाको खाँदबारी कारागार आइपुगेका महासचिव विप्लवले सरकार सहमति कार्यान्वयन नगर्दा समस्या उत्पन्न भएको बताए। 

अघिल्लो सरकारका सहमति इमान्दारीताका साथ कार्यान्वयन नगरेको आरोप लगाउनु भयो। तीन बुँदे सहमति प्रति आफूहरू पूर्ण प्रतिबद्ध रहेको बताएको बताउँदै सरकारले सहमति कार्यान्वयन गर्नमा आफुहरु आशावादी रहेको बताए। बन्दीगृहका नेता कार्यकर्ता रिहा गर्न सत्तारुढ दलका प्रमुखहरु सकारात्मक भएपनि पहल गर्न कोही अग्रसर नभएको आरोप लगाए। 

विभिन्न बन्दीगृहका रहेको नेता कार्यकर्ता सँग आश्वासन दिँदै उनले भने ‘चाडैं देशभर रहेको एक सय १७ जना बन्दी छुटाइने छ।’  विप्लवका अनुसार राजनैतिक बन्दीहरु प्रति राज्यले गरेको ब्यबहार सन्तोषजनक रहेको छ।  महासचिव विप्लव विभिन्न जिल्लामा रहेका बन्दी भेटघाटका क्रममा जिल्ला दौडाहामा छन्।  

तीन बुँदे सहमति कार्यान्वयन नहुदाँ देशभरका नेता, कार्यकर्ता अहिले  पनि बन्दीगृहमै रहेको बताए। बन्दी रिहा गर्न विषय राष्ट्रिय राजनीतिक मुद्दा भएको कारण छिटोभन्दा छिटो समस्या समाधान गर्न सरकारसँग माग राखेको विप्लवले बताए।

बन्दीको रिहाइ र मुद्दा खारेजी लागि सत्तारुढ दलका प्रमुख सँग पुन छलफल गर्ने बताए। सरकार र नेपाल कम्युनिस्ट पार्टीबीच गत फागुन २० गते तीन बुँदे सहमति भएको थियो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.