|

काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा केन्द्रीय सदस्य पदमा पाँच सय नौ जनाले उम्मेदवारी दर्ता गरेका छन्।

खुलासहित १८ क्लस्टरबाट निर्वाचनमार्फत एक सय सय २१ जना निर्वाचित हुने कांग्रेसको विधानमा उल्लेख छ। खुला तर्फबाट निर्वाचित हुने ३५ जनाका लागि एक सय नौ जनाको उम्मेदवारी परेको छ।

यस्तै थारू क्लस्टरबाट निर्वाचित हुने दुई महिलासहित चार सदस्यका लागि १४ जनाको उम्मेदवारी परेको छ। मधेशी क्लस्टरबाट निर्वाचित हुने चार महिलासहित नौ सदस्यका लागि ३२ जनाको उम्मेदवारी परेको छ।

सात महिलासहित १५ जनाको कोटा रहेको आदिवासी जनजाति क्लस्टरमा ८७ जनाको उम्मेदवारी परेको छ भने ६ महिलासहित १३ जनाको कोटा रहेको खसआर्य क्लस्टरमा ९३ जनाको उम्मेदवारी परेको छ।

चार महिलासहित नौ दलित सदस्यका लागि ३९ जना, खुलातर्फ ९ महिला कोटाका लागि ३१ र एक पिछडिएको क्षेत्रका लागि दुई जनाको उम्मेदवारी परेको छ।

अपांगता भएका व्यक्तिको एक जनाको कोटामा १६ जनाको उम्मेदवारी परेको छ भने एक जनाकै कोटा रहेको अल्पसंख्यकमा ६ जना र एक महिलासहित तीन जनाको कोटा रहेको मुस्लिम क्लस्टरबाट १६ जनाको उम्मेदवारी परेको छ।

भौगोलिक क्षेत्रबाट सात प्रदेशबाट महिलासहित २१ जनाको प्रतिनिधित्व हुनुपर्नेमा प्रदेश १ बाट १३ जना, प्रदेश २ बाट पाँच जना, बाग्मती प्रदेशबाट नौ जना, गण्डकीबाट सात जना, लुम्बिनीबाट ११ जना, कर्णालीबाट सात जना र सुदूरपश्चिम प्रदेशबाट १२ जनाको उम्मेदवारी परेको छ।

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.