|

फ्रेन्च लिग वानमा युवा स्ट्राइकर केलिएन एम्बापेले सय गोल पूरा गरेका छन्। उनले आइतबार भएको खेलमा दुई गोल गरेपछि सय गोलको कोसेढुंङ्गा पूरा गरे। मोनाकाविरुद्धको खेलमा पिएसजीले २-० को जित निकाल्दा दुबै गोल एम्बाप्पेको नाममा रह्यो।

पिएसजीका लागि एम्बाप्पेले १२ औं मिनेटमा पहिलो गोल गरे। एन्जेल डि मारियालाई जिब्रिलले फल गरेपछि पाएको पेनाल्टीलाई एम्बाप्पेले सदुपयोग गरेका थिए।

पहिलो हाफमानै अग्रता दोब्बर बनाउने क्रममा एम्बापेले ४५ औं मिनेटमा लिग वान करिअरमा एक सयौं गोल पूरा गरे। उनले लियोनेल मेसीको पासलाई सदुपयोग गर्दै दोस्रो गोल सम्भव बनाए।

दोस्रो हाफमा मेसीका केही उत्कृष्ट प्रहार सफल हुन सकेनन्। त्यसोत मोनाकाले पनि गोलका केही अवसरमा गोल गर्न चुकेको थियो। जितसँगै पिएसजीले लिग अंक तालिकामा दोस्रो स्थानको मारसेलीसँग १३ अंकको अग्रता बनाएको छ। पिएसजीको १८ खेलबाट ४५ अंक भएको छ भने एक खेल कम खेलेको मार्सेली ३२ अंकका साथ दोस्रो स्थानमा छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.