|

बैतडी : जिल्ला प्रशासन कार्यालय बैतडीले अपांगता भएकाहरूलाई घरमै पुगेर नागरिकताको प्रमाणपत्र वितरण गरेको छ।

दशरथचन्द नगरपालिका-२ देहीमाडौंकी १८ वर्षीया करिश्मा बोहरालाई घरमै पुगेर आइतबार नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरिएको हो। कार्यालयका प्रशासकीय अधिकृत खगेन्द्र भारतीका अनुसार पूर्ण रुपमा शारीरिक अपांगता भएकी करिश्मालाई जिल्ला प्रशासन पुग्न अप्ठ्यारो हुने भएकाले घरमै पुगेर नागरिकता प्रदान गरिएको हो।

प्रशासनको टोलीले घरमै पुगेर नागरिकता प्रदान गरेपछि करिश्मा र उनका बुवा पूर्णबहादुर खुसी भएका छन्। ‘प्रशासन जान सकस थियो,’ उनले भने‚ ‘घरमै पुगेर नागरिकता प्रदान गरिदिँदा निकै खुसी छौं।’ करिश्माले घरबाटै कक्षा १२ उत्तीर्ण गरिसकेकी छन्। करिश्माको पढाई र परिक्षा समेत घरमै  गर्ने व्यवस्था गरिएको छ। 

दशरथचन्द-२ देहीमाण्डौंका पूर्णबहादुर बोहराका ४ जना छोराछोरीमध्ये तीनजना पूर्ण रुपमा शारीरिक अपांगता भएका छन्। उनीहरुलाई शिक्षा दिक्षा प्रदान गर्न अहिले बोहरा परिवारलाई निकै समस्या भइरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.