|

काठमाडौं : रामबाबु गुरुङ निर्देशित नेपाली फिल्म 'कबड्डी कबड्डी कबड्डी' युट्युबमा सार्वजनिक भएको छ। दुई वर्षअघि हलमा ५१ दिन मनाउन सफल फिल्म मंगलबार युट्युबमा सार्वजनिक भएको हो। 

रोमान्टिक ड्रामा जनरामा बनेको फिल्ममा दयाहाङ राई, उपासना सिंह ठकुरी, कर्मा, विल्सनविक्रम राई, विजय बराल, बुद्धि तामाङलगायत कलाकारको मुख्य भूमिका छ।

कबड्डी सिरिजको तेस्रो फिल्म 'कबड्डी कबड्डी कबड्डी' मणिराम पोखरेल, अर्जुन कार्की र ओमचन्द रौनियारको संयुक्त निर्माणमा बनेको हो। यसअघिका 'कबड्डी' र 'कबड्डी कबड्डी' पनि व्यावसायिक रुपमा सफल फिल्म हुन्।

यतिवेला कबड्डी सिरिजको चौथो फिल्म 'कबड्डी ४' निर्माणको क्रममा छ। केही दिनमा फिल्मको टिजर सार्वजनिक गर्ने तयारीमा निर्माण टोली छ। 

फिल्मले युट्युबमा उत्साहजनक प्रतिक्रिया पाइरहेको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.