|

काठमाडौं : सामाजिक सुरक्षा भत्ता बाफतको रकम हिनामिना गरेको आरोपमा महोत्तरीको साविक नमुना गाउँ विकास समितिका तत्कालिन सचिव नागेश्वर राय यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ।

यादवले आर्थिक वर्ष ०६७/०६८ मा जिल्ला विकास समितिबाट जेष्ठ नागरिक, असहाय एकल महिला, असक्त अपाङ्ग, दलित जेष्ठ नागरिकको सामाजिक सुरक्षा भत्ताको लागि निकासा भएको १२ लाख ८६ हजार आठ सय रुपैयाँ हिनामिना गरेको अभियोगसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो।

यादवले सामाजिक सुरक्षा भत्ता पाउनुपर्ने व्यक्तिलाई रकम वितरण गरेको नक्कली बिल भर्पाई बनाएर रकम हिनामिना गरेको खुलेको अख्तियारले जनाएको छ। यादवविरुद्ध कैद र विगोबमोजिम जरिवाना गरी बिगो असुल हुन मागदाबी गरिएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.