|

काठमाडौं : नेपाली कांग्रेसका उपसभापतिका उम्मेदवार धनराज गुरुङले नेता प्रकाशमान सिंहमाथि चर्को कटाक्ष गरेका छन्।

शेखर कोइराला पक्षले महाधिवेशन प्रतिनिधिलाई धन्यवाद दिन आयोजना गरेको कार्यक्रममा बोल्दै गुरुङले शेरबहादुर देउवालाई समर्थन गरेको विषयमा कटाक्ष गरेका हुन्। 

‘मलाई पटक्कै विश्वास छैन, म मान्दा पनि मान्दिनँ। मैले नमान्दा नमान्दै पनि एउटा कुरा अचम्म लागेको छ।' उनले भने, ‘बाबु भन्नुहुन्छ, छोरा यी भेडा होइनन्। तर छोरा लुकेर सबै भेडा बेचिदिन्छ। पिताजी भन्नुहुन्छ, बाबु राजनीतिमा नैतिकता हुन्छ तर छोरा भन्छ, परि आउँदा नैतिकता पनि बेचिदिनु पर्छ ।’

उनले आफूहरु चुनावमा पराजित नभएको दाबी गर्दै भने, 'हामीले ४० प्रतिशत ल्याएका छौं, फेला भएका होइनौं हामी पास भएका छौं।’ 

नेता सिंहले नेतृत्व परिवर्तनको कुरा उठाउँदै आए पनि सभापतिको दोस्रो चरणको चुनावमा देउवालाई समर्थन गर्ने निर्णय गरेका थिए।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.