|

काठमाडौं : नेपाली कांग्रेसका नेता डाक्टर रामशरण महतले गुटबन्दी र शक्ति संघर्ष पार्टीभित्र नभइ पार्टी पार्टीमा हुनुपर्ने बताएका छन्। 

सभापतिका प्रत्यासी शेखर कोइराला समूहले मतदातालाई धन्यवाद दिन आयोजना गरेको कार्यक्रममा बोल्दै उनले अहिले १४ औं महाधिवेशनमा पार्टीभित्र चरम गुटबन्दी र शक्ति संघर्ष देखिएको बताए। 

‘पार्टी-पार्टीमा हुने हो शक्ति संघर्ष पार्टीभित्र होइन’ उनले भने, ‘अहिले गुटबन्दी र शक्ति संघर्षले पार्टीभित्रको निर्वाचन पनि आम निर्वाचन जस्तो भयो।’

गुटबन्दी अन्त्य गरेर पार्टी एकतावद्ध तरिकाले विधिसम्मत चलाउन उनले नवनिर्वाचित सभापति देउवालाई सुझाव दिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.