|

काठमाडौं : अफगानिस्तानमा थप ८० लाख मानिस भोकमरीको जोखिममा रहेको भन्दै बेलायतका १५ संघसंस्थाले तत्काल मानवीय सहायताका लागि अपिल गरेका छन्।

सेभ द चिल्ड्रेन, इस्लामिक रिलिफ, ब्रिटिश रेड क्रससहित पन्ध्र संघसंस्थाले अफगानिस्तानका सर्वसाधारणको जीवनरक्षाका लागि अपिल गरेका हुन्। 

लामो समयको युद्धका कारण उत्पन्न परिस्थितिले अहिले पनि अफगानिस्तानका २ करोड २० लाख सर्वसाधारणले भोकमरीको सामना गरिरहेको उनीहरुले बताएका छन्।

जाडो मौसममा अफगानिस्तानका ५ वर्ष मुनिका १० लाख बालबालिकाको ज्यान जानसक्ने चेतावनी ती संघसंस्थाले दिएका छन्। 

करीब ३० लाख बालबालिका कुपोषणको जोखिममा रहेको जनाइएको छ। ठूलो मानवीय क्षति रोक्न र कयौं बालबालिकाको रक्षा गर्न पनि विश्व समुदायको ध्यान केन्द्रीत हुन जरुरी रहेको उनीहरुले बताएका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.