|

दक्षिण अफ्रिकाले अन्तर्राष्ट्रिय अदालत (आईसीजे) बाट इजराइललाई गाजा शहर रफाहमा आक्रमण रोक्न दिएको आदेशको स्वागत गरेको छ। साथै उसले संयुक्त राष्ट्र संघका सदस्य मुलुकलाई यसलाई समर्थन गर्न आग्रह गरेको छ। 

‘मलाई विश्वास छ कि शब्दका हिसाबले, अस्थायी उपायका सन्दर्भमा यो अत्यन्त बलियो छ, समाप्तिका लागि यो एकदम स्पष्ट आह्वान हो’, विदेशमन्त्री नलेदी पन्डोरले सार्वजनिक प्रसारक एसएबीसीलाई भने। 

हमास लडाकूद्वारा इजराइलमा अक्टोबर ७ मा गरेको आक्रमणको जवाफमा इजराइलले गरेको सैन्य कारबाही ‘नरसंहार’ समान भएको आरोप लगाउँदै दक्षिण अफ्रिकाले आइसिजेमा मुद्दा ल्याएको छ। 

अदालतले उक्त मुद्दामा विचार गरिरहेको छ तर अन्तरिममा उसले इजराइललाई हमासविरुद्धको अभियानमा नरसंहारका कार्य रोक्न सक्दो गर्न आदेश दिँदै ‘प्रारम्भिक उपायहरू’ ल्याएको छ। 

इजराइलले तैपनि विशेषगरी शरणार्थीले भरिएको रफाह शहरमा आक्रमण गरेर आफ्नो अभियान जारी राखेको छ र दक्षिण अफ्रिकाले थप अन्तरिम आदेशहरूमा शुक्रबारको आदेशका लागि अनुरोध गरेको छ। 

अदालतले आफ्नो कुरामा ध्यान दिएको भन्दै पन्डोरले दक्षिण अफ्रिका वास्तवमा खुशी भएको बताए। उनले आफ्नो मुद्दा ‘नरसंहार भइरहेको छ भन्ने कुरा दिनप्रतिदिन बलियो भइरहेको’ तर्क दिए।

तर उनले यो संयुक्त राष्ट्रसंघका सदस्यहरू र सुरक्षा परिषद्का लागि कदम चाल्ने र अन्तर्राष्ट्रिय कानून लागु गर्ने समय भएको तर्क गर्दै इजराइलले उक्त आदेशलाई ध्यान नदिने सम्भावना रहेको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.