|

काठमाडौं :नेपाली कांग्रेसको १४औँ महाधिवेशनको महामन्त्री पदको मतगणना पार्टी कार्यालयमा जारी छ। समाजिक संजालमा मनमौजी तथ्यांक आउन थालेपछि जथाभावी मत परिणामको विश्वास नगर्न निर्वाचन समितिले अपिल गरेको हाे। 

हालसम्म १०२० मत गणना भएको भन्दै बाहिर आए जस्तो मत परिणाम नभएको समितिले जनाएको छ। समितिका सचिव केशव रिजालले जथाभावी आएका मत परिणामको विश्वास नगर्न अनुरोध गरेका छन्। 

उनले भने, ‘हामीले बेला बेलामा माइकिङ गरेर यथेष्ट परिणाम दिइरहेका छौं। त्यसैले सामाजिक संजालमा आएका कपोकल्पित मत परिणामको विश्वास नगर्नुहोला।’

दुई महामन्त्री पदका लागि ६ जना प्रतिस्पर्धामा छन्। महामन्त्री पदको लागि गगन थापा, डा प्रकाशशरण महत, प्रदीप पौडेल, डा मीनेन्द्र रिजाल, डा राजाराम कार्की र विश्वप्रकाश शर्मा प्रतिस्पर्धामा छन्। 

हालसम्म गगन थापाको अग्रता कायमै छ। कांग्रेस विधानअनुसार केन्द्रीय कार्यसमितिका दुई महामन्त्रीका लागि सोमबार निर्वाचन भएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.