|

गुल्मी : जिल्ला अदालत गुल्मीले सम्झनाको हत्या गर्ने ४७ बर्षीय लालबहादुर खत्रीलाई जन्म कैदको फैसला सुनाएको छ।

जिल्लाको रेसुंगा नगरपालिक–३ भाडगाउँकी २१ बर्षीय सम्झना बोहरालाई हत्या गर्ने खत्रीलाई जिल्ला न्यायाधीश राधाकृष्ण उप्रेतीले जन्म कैदको फैसला सुनाएको अदालतका तहसिलदार रामबहादुर कुँवरले जानकारी दिए।

जिल्ला सरकारी वकिलको कार्यालयबाट जन्म कैदको माग दाबीसहित मुद्दा पेस भएकोमा कर्तब्य ज्यान मुद्दा अन्र्तगत ज्यान सम्बन्धीको महल अनुसार जन्म कैदको फैसला भएको कुँवरले बताए।

सम्झना गत वर्षको माघ २९ गतेदेखि बेपत्ता थिइन्। बेपत्ताको १९ दिनपछि उनको शव घर नजिकैको झाँडीमा बोरामा बाधेको अवस्थामा फेला परेको थियो। सम्झना सम्पर्कमा नरहेको दुई दिनपछि सासु टोमकला खत्रीले आत्महत्या गरेकी थिइन्।

सोही घटनालाई लिएर जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयमा घेराउसमेत भएको थियो। सो आन्दोलनको नेतृत्व चर्को रुपमा उनै अभियुक्त खत्रीले गरेका थिए। सोही घटनालाई लिएर तत्कालिन प्रहरी प्रमुखको सरुवा समेत भएको थियो। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.