|

पर्वत : जिल्ला प्रहरी कार्यालय पर्वतले बलात्कारको आरोपमा एक जना २२ वर्षिय युवकलाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक राजेन्द्र अधिकारीका अनुसार जिल्लाको मोदी गाउँपालिका–८ चित्रेका जितेन्द्र नेपालीलाई बिहीबार नियन्त्रणमा लिइएको हो।

नाम ठेगाना गोप्य राखिएकी एक १९ वर्षीयालाई बलात्कार गरेको भन्दै पीडितको तर्फबाट प्रहरीमा उजुरी परेपछि नेपालीलाई नियन्त्रणमा लिइएको इन्स्पेक्टर अधिकारीले बताए।

किशोरीलाई बलात्कार गरेको भन्दै आफन्तको उजुरी परेपछि मोदी गाउँपालिकामा नै रहेको प्रहरी चौकी देउपुर पर्वतबाट खटिएको प्रहरी टोलीले नेपालीलाई पक्राउ गरेको हो।

नेपालीविरुद्ध करणीसम्बन्धी कसुरअन्तर्गत जबरजस्ती करणी शीर्षकमा मुद्दा दर्ता गरी पर्वत जिल्ला अदालतबाट ५ दिनको म्याद थपेर अनुसन्धान भइरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.