सबै प्रतियोगीलाई स्वदेश फर्काइने

|

काठमाडौं : विश्व सुन्दरी प्रतियोगिता (मिस वर्ल्ड) को ग्रान्ड फिनाले अनिश्चितकालका लागि स्थगित भएको छ।

 प्रतियोगी, आयोजक र अन्य कर्मचारीमा कोरोनाभाइरस संक्रमण भएपछि आज हुने भनिएको फिनाले स्थगित भएको हो।  प्रतियोगीहरु कोभिड परीक्षणपछि अब स्वदेश फर्कने भएका छन्।

मिस वर्ल्ड आयोजकले प्रेस विज्ञप्ति जारी गर्दै सबैजना स्टाफमा कोरोनाभाइरस संक्रमण पुष्टि भएपछि स्वास्थ्य विज्ञहरुको सल्लाहमा प्रतियोगिता स्थगित गरिएको जनाएको छ। आयोजक स्थल पुएर्तो रिकोमा कोरोनाको स्थितीमा सुधार भए ९० दिनभित्र कार्यक्रम गर्न सकिने जनाइएको छ।

सुरुमा सातजना प्रतिस्पर्धीमा कोरोना संक्रमण भएपछि अन्यमा पनि परीक्षण गर्दा संक्रमण पुष्टि भएपछि पुएर्तो रिकोको स्वास्थ्य विभागले प्रतियोगिता रोक्न निर्देशन दिएको हो। 

आगामी ९० दिनभित्र प्रतियोगिता गर्ने भनिएपनि कोरोना संक्रमणको स्थितीमा सुधार नआए प्रतियोगिता हुन सक्ने छैन्। सुरुआतमा ड्रेसिङ रुमबाट फैलिएको भाइरस संक्रमण सबैजनामा देखिएपछि केहीलाई आइसोलेसनमा समेत राखिएको थियो। 

सहभागी प्रतिस्पर्धीको कोभिड परीक्षण गरेपछि मात्र उनीहरुलाई सम्बन्धित देशमा फर्काइने भएको छ। नेपालबाट नम्रता श्रेष्ठ त्यहाँ पुगेकी छिन्।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.