|

काठमाडौ : जापानको  एक व्यवसायीक भवनमा आगलागी हुँदा २७ जनाको मृत्यु भएको छ। 

मध्ये ओसाकामा रहेकाे उक्त भवनमा शुक्रबार  विहान आगलागी हुँदा २७ जनाको मृत्यु भएको अधिकारीहरूले जनाएका छन्। 

ओसाका फायर डिपार्टमेन्टले बिहान १० बजेर ३० मिनेटमा ओसाका स्टेशन नजिकै रहेको आठ तले व्यवसायीक भवनको चौथो तलाबाट आगलागी सुरु भएको जनाएको छ। 

अहिले आगो नियन्त्रणमा आइसेको र आगलागीबारे थप अनुसन्धान जारी रहेको ओसाका प्रहरीले जनाएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.