|

काठमाडौं : नेपाली कांग्रेसको निर्वाचन अन्तर्गत सह–महामन्त्रीको विभिन्न क्लष्टरको मतगणना जारी छ।

सह–महामन्त्रीको बाँकी मुस्लिम, मधेसी, पिछडिएको क्षेत्र, थारू र खसआर्यको मतगणना आज बिहान ९ बजेबाट सुरु भएको निर्वाचन समितिले जनाएको हो।

सहमहामन्त्री उम्मेदवारका आठ क्लस्टरमध्ये ३ क्लष्टरको परिणाम सार्वजनिक भइसकेको छ। जसमा आदिवासी जनजाति, महिला र दलितबाट क्रमशः भिष्मराज आङदेम्बे, महालक्ष्मी उपाध्याय डिना र दलिततर्फ जीवन परियार निर्वाचित भइसकेका छन्।  

अब सहमहामन्त्री पदका खसआर्य, मधेसी, थारु, मुस्लिम र पिछडिएको क्षेत्र अन्तरगतको नतिजा आउन बाँकी छ। सहमहामन्त्री खसआर्यमा किशोरसिंह राठोर र देवराज चालिसे उम्मेदवार छन्। यस्तै मधेसीबाट महेन्द्र यादव र रामकृष्ण यादव उम्मेदवार छन्।​

थारुबाट उमाकान्त चौधरी र तेजुलाल चौधरी तथा मुस्लिमबाट फरमुल्लाह मन्सुर र शेख वकिल प्रतिस्पर्धामा छन्।

यसैगरी पिछडिएको क्षेत्र कलष्टरबाट सहमहामन्त्री पदमा जीवनबहादुर शाही, बद्री पाण्डे र चेतराज बराल उम्मेदवार छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.