|

मेक्सिकन अभिनेत्री तथा गायिका तानिया मेन्डोजाको हत्या भएको छ। कोएरनाभाका सहरको एक स्पोर्ट कम्प्लेक्सबाहिर उभिएकी तानियाको गत मंगलबार गोली हानी हत्या भएको हो।

आफ्नी ११ वर्षीय छोरालाई पर्खिरहेकी तानियामाथि मोटरसाइकलमा आएका दुई जना हतियारधारीले गोली प्रहार गरी फरार भएका थिए। उनीहरूले तानियालाई लक्षित गरेर पाँचदेखि ६ राउड फायर गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। 

हत्याबारे मेक्सिकन प्रहरीले अनुसन्धान गरिरहेको छ। यसअघि पनि सन् २०१० मा श्रीमान र छोरासहित तानिया अपहरणमा परेका थिए। त्यसपछि पनि आफूले ज्यान मार्ने धम्की पाइरहेको भन्दै उनले प्रहरीमा उजुरी दिएकी थिइन्। 

सन् २००५ मा 'ले मिरा डेल सुर' फिल्मबाट आफ्नो करिअरको सुरुवात गरेकी ४२ वर्षीया तानिया पछिल्ला केही वर्षमा गायनमा सक्रिय थिइन्। उनका पाँच एल्बम सार्वजनिक छन्। पछिल्लो वर्षको तथ्यांकका अनुसार मेक्सिकोमा हरेक दिन १० महिलाको हत्या हुने गरेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.