|

काठमाडौं : नेपाली कांग्रेसको सहमहामन्त्रीमा पाँच वटा क्लस्टरको मतगणना चलिरहेको छ ।

ताजा अवस्थामा चार वटा क्लस्टरमा सभापति शेरबहादुर देउवा र एउटा क्लस्टरमा डाक्टर शेखर कोइराला प्यानलका उम्मेदवारले अग्रता कायम गरेका छन्।पिछडिएको क्षेत्रतर्फ २९ सय मत गणना हुँदा कोइराला प्यानलका बद्री पाण्डेले १४ सय २२ मत ल्याएका छन् भने देउवा प्यानलका जीवनबहादुर शाहीले १३ सय ७२ मतसहित पछ्याइरहेका छन्।

त्यस्तै थारूतर्फ १७ सय ७७ मत गनिसक्दा देउवा समूहका उमाकान्त चौधरीले ९ सय ८३ मतसहित अग्रता कायम गरेका छन्। कोइराला प्यानलका तेजुलाल चौधरीले ७ सय ६९ मत पाएका छन्। 

खस आर्यतर्फ १९९५ मत गन्दा देउवा प्यानलकै किशोर सिंह राठौरले ११ सय ३ मत ल्याएका छन् । उनका प्रतिस्पर्धी कोइराला प्यानलका देवराज चालिसेले ८ सय ४९ मत प्राप्त गरेका छन्। 

मुस्लिमतर्फ पनि देउवा प्यानलकै फरमुल्लाह मन्सुर अगाडि छन् । १२ सय ५८ मत गनिसक्दा उनले ७ सय २३ मत ल्याएका छन् भने कोइराला प्यानलका शेख वकिलले ५ सय २९ मत प्राप्त गरेका छन्। 

मधेशी समुदायतर्फ ९ सय मत गणना हुँदा देउवा प्यानलका महेन्द्र यादवले ५ सय ३० र कोइराला समूहका रामकृष्ण यादवले ३ सय ९१ मत प्राप्त गरेका छन्।

कांग्रेसको विधानअनुसार ८ जना सहमहामन्त्रीमध्ये ३ जनाको नतिजा यसअघि नै सार्वजनिक भइसकेको छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.