|
फाइल फोटो

काठमाडौं : सभामुख अग्निप्रसाद सापकोटाले बहुजातीय बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषतायुक्त देशमा यसरी मनाइने चाडपर्व परिवार एवं आफन्तजनसँग भेटघाट तथा मिलनका अवसरहरू पनि भएको बताएका छन्।

उधौली पर्वका अवसरमा एक शुभकामना सन्देश दिँदै सभामुखले आपसी सद्भाव र सामाजिक एकता कायम राख्न मद्दत गर्दै आएका उल्लेख गरेका छन्।

सभामुख सापकोटाले किरात समुदायभित्रका राई, लिम्बू, याक्खा, सुनुवार, थामी, सुरेल, हायु लगायतले मनाउने उभौलीका अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा बधाई एवं शुभकामना व्यक्त गरेका छन्।

उधौली (साकेला, चासोक तङनाम, चासुवा, श्याँदर पिदार)मा विशेष गरी प्रकृतिको पूजा र पूर्वजहरुका सम्झना तथा सम्मान गरिन्छ। मानव सभ्यता र जीवनजगत्का विविध गतिविधिलाई आधार मानेर साकेला सिली नाच्ने चलन छ। उधौली हिमाली र उच्च पहाडी भागबाट पशुपन्छीसहित बेंसी भागमा सर्ने समय पनि हो। 

सभामुख सापकोटाले नेपालसहित विश्वव्यापीरुपमा देखा परेको जलवायु परिवर्तनका कारण उत्पन्न नकारात्मक असरहरु कम गर्न एवं प्राकृतिक सम्पदाको व्यवस्थित एवं दिगो प्रयोग गर्न प्रकृतिप्रति समर्पित यस्ता चाडपर्वले आम नागरिकमा प्रेरणा मिल्ने विश्वास समेत व्यक्त गरेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.