|

काठमाडौं : तामाङ पत्रकार संघको छैटौं महाधिवेशनले सुवास योञ्जन तामाङको नेतृत्वमा ३५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ। काठमाडौंको स्वयम्भुमा शनिबार राति सम्पन्न महाधिवेशनले अध्यक्षलगायत सबै पदाधिकारी र सदस्यहरु सर्वसम्मतचयन गरेको हो।

कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा बुद्ध योञ्जन तामाङ, उपाध्यक्षहरुमा विश्वराज लामा, नेत्र तामाङ र अञ्जु दिम्दोङ चयन भएका छन्। यस्तै‚ महासचिव तीर्थमान बल, सचिव शिशिर दोङ, उर्गेन लो तामाङ, सरस्वती तामाङ र कोषाध्यक्ष डोल्मा छिरिङ तामाङ चयन भएका छन्।

सदस्यहरुमा इकमान लामा, युनिकरक्षे ग्लान, रमिला तामाङ, मिक्साङ वाइबा, राजेश रुम्बा लामा, किशोरकुमार ब्लोन, सोङबहादुर लो राजु, मिलनकुमार लामा, हिरामान बल, गमला लामा, जीबी लामा, शान्ति तामाङ, अनुप योञ्जन, मानवी मोक्तान, रामचन्द्र बम्जन तामाङ, कृतिका ग्लान, मिङ्मा लामालगायत चयन भएका हुन्।

महाधिवेशन सूचना सञ्चारर तथा प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की उद्घाटन गरेका थिए। तामाङ पत्रकार संघमा २२ जिल्लामा शाखा, दक्षिण कोरियामा प्रवास शाखा तथा बागमती र प्रदेश १ मा प्रदेश समिति रहेको छ। हाल देशभर गरी करिव ३५० भन्दा बढी तामाङ पत्रकार रहेका संघले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.