|

स्पेनिश गायक तथा विश्व चर्चित ब्याण्ड आइएल डिभोका सदस्य कार्लोस मरिनको कोरोनाका कारण निधन भएको छ।

सन १९६८ अक्टोबर १३ मा पश्चिम जर्मनीको मर्फेल्डेन वाल्डर्फमा जन्मेका मरिनको आइतबार ५३ वर्षको उमेरमा बेलायतको मेनचेस्टरमा निधन भएको हो। 

बाल्यकालदेखि नै संगीत क्षेत्रमा सक्रिय मरिन सन् २००३ मा आइएल डिभो ब्याण्डको सदस्य बनेका थिए। चार फरक देशका चार कलाकार मिलेर उक्त ब्याण्ड बनेको थियो। 

मरिन बिरामी भएर अस्पताल भर्ना भएपछि आइएल डिभोको यो वर्षको क्रिसमस टुर रद्द गरिएको थियो। आइएल डिभोले सामाजिक सञ्जालमार्फत मरिनको निधनको समाचार सार्वजनिक गरेको थियो। 

आइएल डिभोले मरिनको आत्माशान्तीको कामना गर्दै उनी जस्तो गायकी अब सुन्न नपाइने बताएको छ। आइएल डिभो स्पेनका मरिनसँगै स्विजरल्याण्डका योर्स बुलर, फ्रान्सका सेबास्टेन इजाम्बर्ड र अमेरिकाका डेविड मिलरले मिलेर सुरु गरेका थिए। 

स्थापनाकालदेखि मरिन स्वस्थ रहँदासम्म आइएल डिभोले विश्वका विभिन्न देशमा सांगीतिक कार्यक्रम गर्दै आएको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.