|

काठमाडौं : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) को पक्षमा उभिने निर्णय गरेको छ।

एमसिसी संसदबाट पास गर्ने विषयमा विवाद जारी रहँदा लोसपाको संसदीय दलको बैठकले संसदमा त्यसको पक्षमा उभिने निर्णय गरको हो।

लोसपा सांसद लक्षमणलाल कर्णले आफूहरू एमसिसीको पक्षमा रहेको बताए। उनले भने, ‘लोसपा एमसिसीको विपक्षमा छैन, संसद बैठकमा पेस भए पक्षमा मतदान गर्ने निर्णय भएको छ।

एमसिसीबारे साझा धारणा बनाउन भन्दै सत्ता गठबन्धनले झलनाथ खनालको नेतृत्वमा अध्ययन समिति गठन गरेको छ। आइतवार बसेको सत्ता गठबन्धनको बैठकमा एमसिसीको पक्षमा साझा धारणा बन्न सकेन।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.