|

हेटौंडा : अनावरणको अघिल्लो दिन चोरी भएको मकवानपुरका लोककवि गणेशलाल श्रेष्ठको शालिक फेला परेको छ। 

चोरी भएको शालिक भीमफेदी गाउँपालिका-६ चिसापानी पुलनजिक फोहोर फाल्ने ठाउँमा फेला परेको हो।

मकवानपुरको पुरानो सदरमुकाम भीमफेदी बजारमा बनाइएको मकवानपुरका लोककवि गणेशलाल श्रेष्ठको अर्धकदको शालिक शनिबार राति चोरी भएको थियो।

शालिकलाई इलाका प्रहरी कार्यालय भीमफेदीमा सुरक्षित राखिएको जनाइएको छ।

कवि श्रेष्ठको शालिक आइतबार बिहान अनावरण गर्ने कार्यक्रम थियो। तर, शनिबार राति नै शालिक चोरिएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.