|

कञ्चनपुर : पुनर्वास नरपालिका-४ कार्गिलडाँडाबाट सशस्त्र प्रहरीले लागूऔषधसहित तीन जनालाई नियन्त्रणमा लिएको छ।

मंगलबार बिहान लागूऔषधसहित भारतबाट से ३ प ७५२५ नम्बरको मोटरसाइकलमा सवार लालझाडी गाउँपालिका-१ बिनाबारीका १९ वर्षीय अनिल राना, २० वर्षीय रवीन्द्र वडायक र २३ वर्षीय नरेश रानालाई गस्तीमा रहेको सशस्त्र प्रहरीको टोलीले नियन्त्रणमा लिएको हो।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेड क्वाटर शैलेश्वरी कञ्चनपुरका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरका अनुसार पक्राउ परेकाहरुको साथबाट नेट्राभेट १० नामक लागु औषध ट्याबलेट १३ थान, ३५० रुपैयाँ र मोबाइल फोन तीन थान बरामद गरिएको छ। बरामद लागु औषध, नगद रकम, मोवाइल, मोटरसाईल सहित तीनै जनालाई आवश्यक कारवाहीका लागि इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीमा बुझाइएको सशस्त्र प्रहरी उपरीक्षक ऐरले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.