|

काठमाडौं : ललितपुर महानगरपालिकाले भोलि (बुधबार) कोरोना संक्रमित विरामीहरूलाई उपचार राहत रकम दिने भएको छ।

महानगरपालिकाले मंगलबार सूचना जारी गर्दै पहिलो चरणको राहत रकम प्रदान गर्ने जनाएको हो।

महानगरपालिकाले ‘कोरोना संक्रमित विरामीहरूलाई प्रदान गरिने उपचार तथा राहत सहयोग निर्देशिका,२०७८’ बमोजिम राहत प्रदान गर्ने जनाएको छ।

सूचनाअनुसार बिहान ११ बजेदेखि ३ बजेसम्म वितरण हुनेछ। यसका लागि संक्रमित विरामीहरूले परिचय खुल्ने कागजातपत्र बुझाउनुपर्नेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.