|

काठमाडौं : विभागीय टिम एपिएफले धनगढीमा जारी प्रधानमन्त्री कप महिला क्रिकेटमा अन्तिम चारमा स्थान बनाएको छ। सुदूरपश्चिम प्रदेशलाई ८९ रनले पराजित गर्दै विभागीय टिम एपिएफ प्रतियोगिताको एक खेलअगावै सेमिफाइनल प्रवेश गरेको हो।

टस हारेर पहिले ब्याटिङ गरेको एपिएफले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय २८ रन बनाएको थियो। उसका लागि इन्दु बर्माले ३३ रन बनाउँदा राजमती ऐरीले १९ तथा सरिता मगरले १८ रनको योगदान दिएकी थिइन्।

यस्तै, रोमा थापाले १६ रन बनाउँदा ममता चौधरीले १४ रन बनाउन सफल भइन्। सुदूरपश्चिमकी रितु कनोजियाले तीन तथा कविता जोशी र दीपा जोराले दुई-दुई विकेट लिएका थिए।

१ सय २९ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले १४ ओभरमा मात्र ३९ रनमा अलआउट भयो। उसका लागि दुई खेलाडीले मात्र दोहोरो रनको अंक छोएका थिए। उसका लागि रुबी पोडा र रितु कनोजियाले समान १०–१० रन बनाएका थिए।

लगातार दुई खेलमा जित निकालेको एपिएफले समूह बी मा चार अंक बनाउँदै सेमिफाइनलमा पुग्न सफल भयो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.